तीन बर्षपछि टिममा फर्किए सुरेश रैना

सुरेश रैनाले भारतीय एकदिवशीय क्रिकेट टोलीमा तीन वर्षपछि पुनरागमन गरेका छन् । सन् २०१५ को अक्टोबरमा टिमबाट फलिएयता उनी इंग्ल्याण्डबिरुद्धको एकदिवशीय सिरिजका लागि टिममा बोलाइएका हुन् ।

अम्बाती रायुडु फिटनेस टेष्टमा असफल भएपछि रैनाले उनलाई प्रतिस्थापन गरेका हुन् । रैना सन् २०१५ को अक्टोबरयता पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

त्यतिबेला दक्षिण अफ्रिकाबिरुद्धको एकदिवशीय सिरिजमा खराव प्रदर्शन गरेपछि उनी एकदिवशीय टोलीबाट फालिएका थिए । तर, उनले टी–२० सिरिजमा भने लगातार उपस्थिति जनाउँदै आएका छन् ।

आयरल्याण्ड र इ्रंग्ल्याण्डसँगको टी–२० सिरिजका लागि उनी यसअघि नै भारतीय टोलमिा परिसकेका थिए । टी–२० मा पनि उनको पछिल्लो लय बिग्रिएको तथ्यांकले देखाउँछ । गत जनवरीयताको ८ अन्तर्राष्ट्रिय खेलमा उनले मात्र १७० रन जोडेका छन् ।

भारतले इंग्ल्याण्डसँग उसकै मैदानमा जुलाइ १२ देखि १७ सम्म तीन एकदिवशीय म्याचको सिरिज खेल्दैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest