पाेखरा प्रिमियर लिग क्रिकेट कार्तिककाे दाेस्राे सातादेखि

कात्तिक ९ देखि २० सम्म पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल–२०१८ को आयोजना हुने भएको छ ।

आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति तथा लोगो सार्वजनिक गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले प्रतियोगिताको लोगो सार्वजनिक गरेका हुन् ।

टी–२० फर्म्याटमा आयोजना हुने प्रतियोगितामा देशका बिभिन्न शहरको नामबाट फ्रेन्चाइज बेसमा आधारित ६ टोलीहरु हुनेछन् । प्रतियोगिता अक्सनमा आधारित हुनेछ । क्वीन्सका प्रवन्ध निर्देशक छुम्बी लामाले डीपीएल र ईपीएलमा समावेश भएका भन्दा कम्तिमा तीनवटा नयाँ फ्रेन्चाइज टोली समावेश गरिने जानकारी दिएका छन् ।

धनगढी प्रिमियर लिग डीपीएल र एभरेष्ट प्रिमियर लिग इपीएलपछि अर्को टी–२० प्रतियोगिता आयोजना हुन लागेको हो ।

पहिलो पटक फ्रेन्चाइजी टोलीले यू–१६ टिम बनाउनुपर्नेछ । सबै टोलीलाई समावेश गरी जुनियर पीपीएल प्रतियोगिता पनि सञ्चालन गरिनेछ । जुनियर प्रतियोगिताका खेलहरु काठमाडौंमा हुनेछन् । फाइनल खेल भने पीपीएलका क्रममा पोखरा रंगशालामा खेलाइने आयोजक क्वीन्स इभेन्ट म्यानजेमेन्टले जानकारी दिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest