एकदिवसिय क्रिकेटमा इंग्ल्याण्डको किर्तीमान

एकदिवशीय क्रिकेटमा इंग्ल्याण्डले नयाँ कीर्तिमान कायम गरेको छ । अष्ट्रेलियाबिरुद्धको पाँच एकिदिवशीय श्रृंखलाको तेस्रो खेलमा मंगलबार इंग्ल्याण्डले सर्बाधिक योगफलको कीर्तिमान सुधार गरेको हो ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर ४८१ रनको योगफल बनायो । यो योगफल एकदिवशीय क्रिकेटमा अहिलेसम्मकै सर्बाधिक हो ।

यसअघि सर्बाधिक योगफल पनि इंग्ल्याण्डकै नाममा थियो । उसले सन् २०१६ को अगष्टमा यही मैदानमा ४४४ रनको कीर्तिमानी योगफल बनाएको थियो ।

मंगलबार रनको कीर्तिमान बनाउने क्रममा इंग्ल्याण्डका दुई ब्याट्सम्यानहरु जोनी बेरस्टो र एलेक्स हेल्सले शानदार शतकीय पारी खेले । दुवैले समान ९२ बल खेल्दा बेरस्टोले १५ चौका र ५ छक्काको साथमा १३९ तथा हेल्सले १६ चौका र ५ छक्काको साथमा १४७ रन प्रहार गरेका थिए ।

ओपनर बेरस्टोले ज्यासन रोयसँग मिलेर पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए ।

रोय ८२ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका हेल्सले बेरस्टोसँग मिलेर १५१ रनको साझेदारी गरेका थिए । इंग्लिस कप्तान इयोइन मोर्गानले पनि ६७ रनको अर्धशतकीय पारी खेले ।

बलिंगतर्फ अष्ट्रेलियाका एभोन रिचर्डसनले ३ विकेट लिए ।

यसअघिका दुई खेलमा पराजित भएको अष्ट्रेलियाका लागि सिरिजमा जित हासिल गर्ने सम्भावना जीवितै राख्न यस खेलमा जित हासिल गर्नैपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest