श्रीलंकाली कप्तान दिनेश चन्डिमललाई एक खेलको प्रतिबन्ध

बल टेम्परिङको आरोपमा परेका श्रीलंकाली कप्तान दिनेश चन्डिमललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले एक खेलको प्रतिबन्ध लगाएको छ ।

वेष्ट इण्डिज विरुद्धको दोस्रो टेस्टमा बल टेम्परिङ गरेको अभियोगमा आइसिसिले उनलाई दुई सस्पेन्सन पोइन्ट र खेलको सत प्रतिशत पारिश्रमिक कटौती गर्ने भएको छ ।

एक खेलको प्रतिबन्ध लागे सँगै चन्डिमल वेष्ट इण्डिज विरुद्ध तेस्रो तथा अन्तिम खेल खेल्न बाट बन्चित हुने छन ।

तीन खेल को टेस्ट शृँखलामा वेष्ट इण्डिज १ – ० ले अगाडी छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest