नेपाल र नेदरल्याण्डस् विरुद्दको खेलमा एमसीसीको कप्तानी जयबर्द्धनेले गर्ने

नेपाल र नेदरल्याण्डसँगको त्रिकोणात्मक टि–२० श्रृङ्खलाका लागि मेरिलिबन क्रिकेट क्लब एमसीसीले श्रीलंकन पूर्व कप्तान माहेला जयबर्द्धनेलाई कप्तान नियुक्त गरेको छ । अर्को महिना लर्डसमा हुने खेलका लागि एमसीसीले उसका मानार्थ सदस्य माहेलालाई कप्तानको भूमिका दिएको हो ।

सन् २०१५ मा मानार्थ सदस्य बनेका जयबर्द्धनेसँगै एमसीसी टिममा स्कटल्याण्डका तीन खेलाडीहरु डाइलन बज, अलास्दिर इभान्स र मार्क वाटलाई समावेश गर्ने निर्णय पनि गरेको छ । गत साता इंग्ल्याण्डविरुद्ध स्टकल्याण्डले ऐतिहासिक जित हात पार्दा तीनै जना सदस्य टिममा थिए । एमसीसीको बाँकी सदस्यको घोषणा हुन बाँकी छ ।

एमसीसीले नेपाल र नेदरल्याण्डसँग खेल्नेछ र त्यसपछि नेदरल्याण्ड र नेपालवीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest