अष्ट्रेलिया विरुद्दको चौथो खेलमा पनि इंग्ल्यान्ड विजयी, सिरीज क्लिनस्विप गर्ने मौका

अष्ट्रेलियाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ । इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ् गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन जोडेको थियो । अष्ट्रेलियाका लागि शौन मार्शले १ सय १ र आरोन फिन्चले १०० रनको शतकीय पारी खेले । यस्तै टार्भिस हेडले ६३ रन बनाए । इंग्ल्यान्डका डेभिड विलिले ४ तथा मार्क वुड र आदील राशिदले समान २ – २ विकेट लिए ।

अष्ट्रेलियाले दिएको ३ सय ११ रनको लक्ष्य इंग्ल्यान्डले ४४ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । जितसँगै इंग्ल्यान्डले पाँच खेलको सिरिजमा ४ – ० को अग्रता बनाएको छ । इंग्ल्यान्डका जेसन रोयले १ सय १ रनको शतकीय पारी खेले । यस्तै जोनी बेरिष्टोले ७९ रन, जोस बटलरले अविजित ५४ रन र एलेक्स हेल्सले अविजित ३४ रन जोडे । अष्ट्रेलियाका अश्टोन अगरले २ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest