अष्ट्रेलिया विरुद्दको ५ खेलको सिरीजमा इंग्ल्यान्डको क्लिन स्विप

अष्ट्रेलियाविरुद्धको पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजमा इंग्ल्यान्डले ह्वाइटवास गरेको छ । गएराति भएको पाँचौ तथा अन्तिम खेलमा एक विकेटको जित निकाल्दै घरेलु टोलीले सिरिज ह्वाइटवास गरेको हो ।

म्यानचेस्टर भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ३५ ओभर ४ बलमा अलआउट हुँदै २ सय ५ रन जोडेको थियो । अष्ट्रेलियाका लागि टार्भिस हेडले ५६ रनको अर्धशतकीय पारी खेल्दा जोन शर्टले अविजित ४७ र एलेक्स कारीले ४४ रन जोडे ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्यान्डका मोइन अलीले ४ तथा साम कुरानले २ विकेट लिए ।

अष्ट्रेलियाले दिएको २०६ रनको लक्ष्य इंग्ल्यान्डले ४८ ओभर ३ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । रोमान्चक बनेको अन्तिम खेलमा जित निकालेसँगै इंग्ल्यान्डले सिरिजमा ५ – ० ले कब्जा जमाउन सफल भयो । दुई टोलीबीच पहिलोपटक पाँच खेलको सिरिजमा क्लिन स्विपको नतिजा आएको हो ।

अष्ट्रेलियाविरुद्धको सिरिजमा क्लिन स्विप गर्न इंग्ल्यान्डका लागि जोस बटलरले शतकीय पारी खेले । बटलर ११० रनमा अविजित रहे । यस्तै इंग्ल्यान्डको लागि एलेक्स हालेस र आदील राशिदले समान २० – २० रन जोडे । अष्ट्रेलियाका केन रिचर्डसन र बिली स्टनलेकले समान ३ – ३ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest