यू-१९ एशिया कपको तयारीका लागि भारतमा श्रृंखला खेल्न बीसीसीआइ को प्रस्ताव

आसन्न यू–१९ एशिया कपको तयारीका लागि भारतीय क्रिकेट बोर्ड नेपाली युवा टिमलाई भारतमा श्रृंखला खेल्नका लागि प्रस्ताव गरेको छ ।

भारतको अन्डर नाइन्टिन, अफगानिस्तान अन्डर नाईन्टिन सम्मिलित सिरीजमा नेपाललाई पनि प्रस्ताव गरेको छ । एशिया कपको तयारीलाई विशेष बनाउन भारतले यो योजना बनाएको हो ।

भारतीय अन्डर नाइन्टिन टिमका प्रशिक्षक राहुल द्रविडले विसीसीआईलाई बुझाएको योजनामा युवा टिमको तयारीका लागि यो प्रस्ताव गरेको हुन ।

यो सिरीज कोलकातामा हुने सम्भावना रहेको छ । तर यसको मिती भने तय भएको छैन । यो प्रतियोगिता अगाडी भारतीय युवा टिम श्रीलंका भ्रमण गर्नेछ जसमा उसले दुई वटा चारदिवसिय खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest