आयरल्याण्ड क्रिकेटर केभिन ओब्राइन इपिएल खेल्ने

काठमाडौं – आयरल्याण्डका स्टार क्रिकेटर केभिन ओब्रेइन नेपालमा हुने एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो संस्करणमा खेल्ने भएका छन ।

प्रतियोगितामा विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान अनुसार केभिनलाई काठमाडौं किङस ११ ले टिममा भित्र्याएका हुन । इपिएलको दोस्रो सस्करणमा विदेशी खेलाडी अनुबन्ध गर्ने काठमाडौ पहिलो टिम बनेको छ ।

टेली होल्डिङ प्रा. ली. को लगानी रहेको काठमाडौं किङसले केभिनलाई कति रकममा अनुबन्ध गरेको भन्ने चाँही खुलाइएको छैन । आयरल्याण्डको जर्सिमा ३०० क्याप खेलेका केभिन धेरै खेल खेल्ने आइरिस खेलाडी हुन ।

सन् २००६ देखि आयरल्याण्डको टिमबाट खेलेका केभिनले तीन वटा एकदिवसिय र ५ वटा टी–२० विश्वकप खेलेका छन ।

अलराउण्डर केभिनले इङल्याण्डको घरेलु क्रिकेटका साथै क्यारेवियन प्रिमियर लिग पनि खेलेका छन । सन् २०११ को विश्वकपमा इङल्याण्ड विरुद्ध सतक प्रहार गरेर तहल्का मच्चाएका केभिनले भिडियो मार्फत नेपाल खेल्न आउने जनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest