भारतद्वारा आयरल्याण्ड पहिलो खेलमा ७६ रनले पराजित

आयरल्याण्ड विरुद्धको पहिलो टी–२० खेलमा भारत ७६ रनले विजयी भएको छ । जितसँगै भारतले दुई खेलको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

आयरल्याण्डको डब्लिनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै दुुई सय आठ रन बनाएको थियो ।

उसका लागि ओपनर रोहित शर्माले ९७ रन बनाए भने शिखर धवनले ७४ रनको योगदान गरे ।
आयरल्याण्डका लागि बलिङ तर्फ पिटर चेजले चार विकेट लिए ।

जवाफमा आयरल्याण्ड २० ओभरमा नौ विकेट गुमाउँदा मात्र एक सय ३२ रन बनाउन सक्यो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छोए । जसमा जेम्स साननले ६० रन बनाउदा बाँकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest