अष्ट्रेलियाविरुद्धको एक मात्र टि–ट्वान्टी खेलमा इंग्ल्यान्ड २८ रनले विजयी

अष्ट्रेलियाविरुद्धको एक मात्र टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्ड २८ रनले विजयी भएको छ ।

बिर्मिन्घममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । उसका लागि जोस बटलरले ६१ रन बनाउँदा एलेक्स हल्सले ४९ रन बनाए ।

यस्तै जेसन रोयले ४४, जोय रुट्सले ३५ तथा कप्तान इयान मोर्गनले १५ रन जोडे । अष्ट्रेलियाका मिचेल स्विपसनले २ विकेट लिए ।

इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९ ओभर ४ बलमा १ सय ९३ रनमा अलआउट भयो । उसका लागि आरोन फिन्चले ८४ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट भए ।

अष्ट्रेलियाका लागि अश्टोन अगरले २९ तथा एन्ड्रयु टेइले २० रन जोडे । अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्यान्डका कृष जोर्डन र आदील राशिदले समान ३ – ३ विकेट लिए ।

अष्ट्रेलियाले यसअघि ५ खेलको एकदिवसीय सिरीजमा इंग्ल्यान्डले क्लिन स्विप गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest