सन्दिपले ग्लोबल क्रिकेट लिगको पहिलो खेल नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दिप लामिछानेले  क्यानडामा जारी ग्लोबल ट्वान्टि ट्वान्टि क्रिकेट लिगको पहिलो खेल नखेल्ने भएका छन ।

सन्दिपको टिम मोन्ट्रेयल टाइगर्सले आजराति आफ्नो पहिलो खेल खेल्न लागेको भएपछि सन्दिप भने आजराति मात्र क्यानडा जाँदैछन । भारतको दिल्ली हुँदै सन्दिप क्यानडा जान लागेका हुन । जसका लागि उनि दिल्ली पुगेका छन।  उनीसँगै उनका म्यानेजर रमन सिवाकोटी पनि दिल्ली गएका छन।

ब्यक्तिगत कारणले सन्दिप समयमा नै क्यानडा उड्न सकेनन । लर्डसमा हुने एमसीसी र नेदरल्याण्डससँगको खेलका पनि सन्दिप टिममा छन । मोन्ट्रियर टाइगर्सले सन्दिपलाई ४० हजार अमेरिकन डलरमा अनुबन्ध गरेको थियो । उनले लिग अन्तर्गत शनिवार हुने दोश्रो खेल भने खेल्ने छन् ।

इण्डियन प्रिमियर लिग आईपिएलमा सन्दिपले तीन खेलमा पॉच विकेट लिएका थिए यो प्रतियोगिता पछि क्यारेवियन प्रिमियर लिग र नेदरल्याण्ड्स विरुद्दको एकदिवसिय खेल पनि खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest