ग्लोबल टि २० क्यानडाको पहिलो खेलमा नै विकेट लिए सन्दिपले

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिगको पहिलो खेलमा नै विकेट लिएका छन ।  शनिबार राति सीडब्ल्युआई बी टिमविरुद्ध मैदान उत्रेका सन्दिपले पहिलो खेलमा नै विकेट लिएका हुन ।

Read in English

प्राविधिक कारणले पहिलो खेल गुमाएका सन्दिपले मोन्ट्रेल टाइगर्सबाट खेल्दै ४ ओभरमा ५७ रन खर्चदै १ विकेट लिएका हुन् । यस्तै ब्याटिङ तर्फ उनले १ बलमा १ रन बनाए ।

सन्दीपको डेब्यु खेलमा मोन्ट्रेल २ विकेटले पराजित भएको छ । मोन्ट्रेलले दिएको १ सय ८८ रनको लक्ष्य सीडब्ल्युआईले १९ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गरेको थियो ।

सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest