क्रिकेटर सन्दीप लामिछानेलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार

शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले आइतबार क्रिकेटर सन्दीप लामिछानेसहित आठ खेलाडीलाई आइतबार दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार प्रदान गरेको छ ।

शहीद दशरथ चन्दको ११६औँ जन्मजयन्तिका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), त्रिपुरेश्वर हातामा रहेको दशरथ रङ्गशालाको प्राङ्गणमा शहीद चन्दको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा सन्दीपसहित क्षेत्रगत रुपमा पाँच र पाराबाट दुई खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो ।

शहीद दशरथ चन्द मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष कर्णबहादुर चन्दले २०७४ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिएको बताइएको छ ।

सन्दीपलाई विशिष्ट मेधावी खेलाडीबाट पुरस्वृmत गरिएको हो । यद्यपि ग्लोबल टी÷२० क्यानाडा २०१८ खेल्न क्यानाडामा रहेकोले सन्दीप कार्यक्रममा उपस्थिति हुन सकेनन् । यसैगरी पूर्वाञ्चलबाट ब्याड्मिन्टनकी जेसिका गुरुङ, पश्चिमाञ्चलबाट क्रिकेटका करण केसी, मध्यमाञ्चलबाट शारिरीक सुगठनकी ननिता महर्जन, मध्यपश्चिमाञ्चलबाट ह्यान्डबलकी कल्पना ओली र सुदूरपश्चिमाञ्चलबाट ब्याड्मिन्टनका दिपेश धामी पुरस्कृत भए ।

यसैगरी पारामा ह्विलचेयर क्रिकेटका हिमाल अर्याल र पारा तेक्वान्दोकी रञ्जना धामीलाई पनि पुरस्वृmत गरियो । ट्रष्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest