सन्दिपको बलिङको जादु कायमै, भ्यानकुभर विरुद्द लिए विकेट

क्यानडामा जारी ग्लोबल क्रिकेट लिगमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले आफ्नो प्रभाव कायमै राखेका छन । उनले खेलेको टिम मोन्ट्रेल टाइगर्सले लगातार हार ब्यहोर्दा सन्दिपले तेस्रो खेलमा पनि एक विकेट लिएका छन ।

Read in English

गएराति भएको भ्यानकुभर नाइट्स विरुद्धको खेलमा सन्दिपले चार ओभरमा १९ रन खर्चिदै एक विकेट लिए । जसमा उनले एक ओभर मेडेन पनि गरेका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भ्यानकुभरले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६६ रन बनाएको थियो । उसका लािग ही भान डेर डुसेनले ८३ रन बनाए ।

बलिङ तर्फ सन्दिपले जमैकन खेलाडी चान्डविक वाल्कोटको विकेट लिएका थिए ।

ब्याटिङमा पनि पुछारमा आएका सन्दिपले सात रन बनाए । तर टिम भने १९ ओभर ४ बलमा एक सय ४८ रनमा अलआउट भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest