जिम्बावे विरुद्दको एकै खेलमा अष्ट्रेलियाले बनायो ३ किर्तीमान

जिम्बावेविरुद्धको टि–२० त्रिकोणात्मक श्रृङ्खलामा अष्ट्रेलियाले २२९ रनको बलियो योगफल तयार पारेको छ । जिम्बावेको हरारेमा जारी श्रृङ्खलामा अष्ट्रेलियाले दुई विकेटको क्षतिमा २२९ रन बनाउँदा पाँचवटा अन्तर्राष्ट्रिय टि–२० कीर्तिमान कायम भए ।

रेकर्ड नम्बर १– सर्वाधिक साझेदारी

ओपनर एरोन फिन्च र डिआर्की सर्टले पहिलो विकेटका लागि २२३ रनको कीर्तिमानी साझेदारी गरे । फिन्च र सर्टको जोरीले न्युजिल्याण्डका मार्टिन गुप्टिल र केन विलियनसनको रेकर्ड तोडे । गुप्टिल र विलियनसनले सन् २०१६ मा पाकिस्तानविरुद्ध १७१ रनको रेकर्ड बनाएका थिए ।

रेकर्ड नम्बर २– सर्वाधिक ब्यक्तिगत रन

जिम्बावेविरुद्धको खेलमा १७२ रन बनाउँदै फिन्चले नयाँ कीर्तिमान कायम गरेका छन् । उनले आफ्नै नाममा रहेको १५६ रनको रेकर्ड सुधार गरेका हुन् । सन् २०१३ मा उनले इंग्ल्याण्डविरुद्धको खेलमा सो स्कोर बनाएका थिए । सबै प्रकारको टि–२० खेलमा भने सर्वाधिक रनको रेकर्ड क्रश गेलको नाममा छ । उनले १७५ रन बनाएका थिए ।

रेकर्ड नम्बर ३– सर्वाधिक लामो साझेदारी

फिन्च र सर्टले पहिलो विकेटका लागि १९.२ ओभर साझेदारी गरेका थिए । ११६ बल अहिले सम्म कुनै पनि जोडीले खेल्न सकेका थिएनन् । यस अघि न्युजिल्याण्डका गुप्टिल र विलियनसनले १०६ बलको क्रिजमा खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest