सागर र आसिफ मलेसियन प्रिमियर क्रिकेट खेल्ने

नेपाली क्रिकेटर आशिफ शेख र सागर पुन मलेसियन प्रिमियल लिग खेल्ने भएका छन् ।

जुन ३० गतेबाट अगष्ट १२ सम्म सञ्चाल हुने प्रतियोगितामा सागर र आशिफ क्वालालम्पुरबाट खेल्ने भएका हुन् । ५० ओभरकाे प्रतियोगितामा सहभागिता जनाउन दुबै खेलाडी मलेसिया पुगिसकेका छन । सागर र आशिफको टोलीले पहिलो खेल यहि जुलाई सात गते पेनाङ्ग बिरुद्ध खेल्ने छ ।

डबल राउण्ड रोबिन लिगमा आयोजना हुने प्रतियोगितामा पाँच टोली समावेश गरिएको छ । प्रतियोगितामा सहभागी पाँच टोलीहरु क्वाला लाम्पुर, टिम सेलाङ्गोर, टिम पेनाङ्ग, मलेसिया आर्मड फोर्सेस र टिम युकेएम रहेका छन् ।

आशिफ र सागर दुबै खेलाडि पछिल्लो पटक घरेलु क्रिकेटमा खासै जम्न सकेका छैनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest