पाकिस्तानको जितको यात्रा कायमै, चौथो टी-२० मा जिम्बावे ७ विकेटले पराजित

जिम्बावे विरुद्धको चौथो टी–२० खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको छ ।

हरारेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६२ रन बनाएको थियो ।

उसका लागि सोलोमन मिरेले ९४ तथा तेरीसाई मुसाकान्डाले ३३ रन बनाए ।

जवाफमा पाकिस्तानले १९ ओभर एक बलमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । पाकिस्तानको जितमा हुसेन तालातले ४४, फकर जामनले ४७ र सरफराज अहमेदले ३८ रन बनाए । यसतै ह्यारिस सोहेलले १६ र सोयव मलिकले १२ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest