ग्लोबल टी–२० प्रिमियर लिगमा सन्दिपको उत्कृष्ट प्रदर्शन कायमै

सन्दिप लामिछानेले क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिग क्रिकेटमा आफ्नो प्रभाव कायमै राखेका छन । गएराति भएको इडमोन्टोन रोयल्स विरुद्धको खेलमा सन्दिपले एक विकेट लिन सफल भए ।

यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको मोन्ट्रेलले प्रतियोगितामा १५ रनको पहिलो जित निकाल्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको मोन्ट्रेलले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२९ रन जोडेको थियो ।

मोन्ट्रेलको लागि मोइसेस हेन्रिक़ुएसले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै नाजिबउल्लाह जाड्रानले अविजित २२ रन जोड्दा सिकन्दर राजाले २० रन जोडे ।

जवाफमा एडमोन्टोन १९ ओभर १ बलमा ११४ रनमा अलआउट भयो ।  एडमोन्टोनका लुके रोचीले ३० तथा शाइमान अनवरले २४ रन जोडे । यस्तै केभिन ओ ब्रायनले १५ तथा हसन खानले १२ रन जोडे ।

एडमोन्टोन सस्तैमा रोक्न मोन्ट्रेलका पिटर म्याथ्यु सीड्लेले ४ विकेट लिए ।

मोन्ट्रेलको जितमा युवा लेग स्पिनर सन्दीपले उत्कृष्ट बलिङ गरे । सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिए । सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेटचरलाई ९ रनमा पेभेलियन फर्काएका थिए । जारी प्रतियोगितामा यो सन्दीपको तेस्रो विकेट हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest