२ अन्तराष्ट्रिय सिरीजका लागि नेपाली टिमको घोषणा, प्रदिप सुवास र विनोदको कमब्याक

नेपालले अन्तराष्ट्रिय मान्यता पाएपछिको पहिलो विदेश भ्रमणका लागि टिमको घोषणा गरेको छ । बेलायतमा हुन एमसीसी र नेदरल्याण्डस विरुद्धको खेल र नेदरल्याण्डस्मा हुने घरेलु टिम विरुद्धको एकदिवसिय खेलका लागि २० सदस्यिय टिमको घोषणा गरेको छ ।

दुई वटा अन्तराष्ट्रिय श्रृखंलाका लागि घोषणा गरिएको टिममा विनोद भण्डारी र सुवास खकुरेल, प्रदिप ऐरीले कमब्याक गरेका छन । यस्तै हरी क्षेत्रीले पहिलो पटक टिममा स्थान बनाएका छन ।

नेपाली टिम

पारस खड्का (कप्तान)
अनिल शाह
बसन्त रेग्मी
विनोद भण्डारी
दिपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
हरी क्षेत्री
करण केसी
ललित भण्डारी
ललितनारायण राजवंशी
आरिफ शेख
प्रदिप ऐरी
रोहितकुमार पौडेल
सन्दिप लामिछाने
शक्तिप्रसाद गौचन
शरद भेषवाकर
सोमपाल कामी
सुवास खकुरेल
सुनिल धमला
सुसान भारी

नेपालले यहि जुलाई २९ तारिखमा लर्डमा त्रिकोणात्मक श्रृखंला खेल्नेछ । टी–२० फरम्याटमा हुने प्रतियोगितामा नेपालसहित एमसीसी र डच टिमको सहभागिता रहेको छ । नेपाल र नेदरल्याण्ड्स विचको खेललाई आइसीसीले अन्तराष्ट्रिय मान्यता दिएको छ ।

त्यसपछि नेपाली टिम दुई एकदिवसिय खेलका लागि नेदरल्याण्ड्स जानेछ । जहाँ नेपालले घरेलु टिमसँग अगष्ट एक र ३ मा दुई खेल खेल्नेछ । नेपाली टिमले भोली देखि बन्द प्रशिक्षण गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest