भारतविरुद्दको दोस्रो खेलमा इङल्याण्ड ५ विकेटले विजयी, सिरीज बराबरी

भारत विरुद्धको दोस्रो टी–२० खेलमा इङल्याण्ड ५ विकेटले विजयी भएको छ । जितसँगै इङल्याण्डले सिरीजमा एक एकको बराबरी गरेको छ ।

कार्डिफमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४८ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले ४७ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले अविजीत ३२ रन बनाए ।

अन्तराष्ट्रिय क्रिकेटमा ५ सय खेल खेलको धोनीले २४ बलमा पाँच चौका प्रहार गरे । यस्तै सुरेश रैनाले २७ रन थपे ।

जवाफमा इग्ल्याण्डले दुई बल बाकि हुदा लक्ष्य पुरा गर्यो । उसका जितमा एलेक्स अल्सले अविजीत ५८ रन बनाए भने जोनी ब्रेस्ट्रोले २८ र जेसोन रोयले १५ रन थपे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest