पूर्वकप्तान राजु खड्काको उत्पादक हरि राष्ट्रिय टिमको ढोका खोल्ने प्रयासमा

एकदिवशीय तथा टि–२० मान्यता पाएपछिको पहिलो दुई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक घोषणा गरिएको छ । शुक्रबार घोषणा भएको २० सदस्यीय प्रारम्भिक टोलीले भोलिदेखि टियू मैदान कीर्तिपूरमा बन्द प्रशिक्षण सुरु गर्दैछ ।

यसपटकको टोलीमा एक किशोर खेलाडी पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेटिएका छन् । एक महिनाअघि काठमाडौंमा भएको प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय प्रतियोगितामा दुर्लभ कीर्तिमानसहित शानदार प्रदर्शन गरेका हरि क्षेत्री चौहानलाई मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छनोट गरेका छन् ।

प्रधानमन्त्री कपमा प्रदेश नम्बर ४ बाट खेलेका चौहानले एक अर्धशतक, एक शतक र एक ह्याट्रिकको प्रदर्शन गरेका थिए । प्रतियोगिता अन्तर्गत प्रदेश १ बिरुद्धको खेलमा उनले शतक प्रहार गरेका थिए भने बलिङतर्फ ह्याट्रिक पूरा गरेका थिए । जुन, राष्ट्रिय प्रतियोगितामा यो दुर्लभ प्रदर्शन हो ।

राष्ट्रिय टोलीको एकै प्रदर्शनले उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनोट भएका छन् ।

को हुन् हरि चौहान ?

झापा स्थायी घर भएका चौहानको परिवार भारतको आसाममा बस्छ । उनले पनि सानैदेखि भारतमै क्रिकेट सिके । डेढ वर्षअघि चितवन आएर राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्काको चितवन क्रिकेट एकेडेमीमा भर्ना भए । त्यहीँबाट क्रिकेट सिकेका चौहानले यसअघि क्लवःतरीय टि–२० क्रिकेट प्रतियोगिता खुकुरी कप खेलेका थिए । त्यसअघि उनी यू–१९ राष्ट्रिय टिमको क्याम्पमा परे पनि अन्तिम छनोटमा फालिएका थिए ।

प्रदेश ४ का प्रशिक्षक रिजन प्राजुले पनि हरिको प्रतिभा चिनेरै टिममा सामेल गराएको बताउँछन् । छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनी प्रदेश ४ को टिममा परेका थिए । उनले आफूलाई प्रतियोगितामा पनि प्रमाणित गरे । भलै प्रदेश ४ ले प्रतियोगितामा राम्रो गर्न सकेन, तर, उनले आफूलाई प्रमाणित गरे ।

डेढ वर्षदेखि चितवनमा रहेर क्रिकेट खेलिरहेका १७ वर्षीय चौहानले राजु खड्कालाई आफ्नो रोलमोडल मान्छन् । पूर्व राष्ट्रिय कप्तान खड्काकै मातहतमा उनले क्रिकेट सिकिरहेका छन् । ‘चौहानले भनेका थिए उहाँ मेरा लागि अभिभावक हुनुहुन्छ, धेरै कुरा सिकाउनुभएको छ ।’

प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेपछि नेप्लेज डट कमसँगको कुराकानीमा उनले राष्ट्रिय टोलीबाट खेल्ने आफ्नो सपना रहेको सुनाएका थिए । र, सपना पुरा गर्ने बाटोमा उनी एक कदम अघि बढेका छन् ।

राष्ट्रिय टोलीबाट लामो समयदेखि खेलिरहेका अनुभवी खेलाडीको संगतबाट उनले आफूलाई अझै तिखार्ने मौका पाउनेछन्, यो एक महिनाको बीचमा

गत वर्ष उनी यू–१९ एशिया कप क्रिकेटका लागि क्याम्पमा परेका थिए । तर, अन्तिम टिममा स्थान बनाउन सकेका थिएनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest