क्वालालम्पुरको जितमा सागरको अर्धसतक

नेपाली क्रिकेटर सागर पुनको अर्धशतकका कारण मलेसियन प्रिमियर लिग एकदिवशिय क्रिकेट प्रतियोगितामा क्वालालम्पुरले पेनाङ्गलाई नौ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पेनाङ्गले ३० दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १११ रन बनाएको थियो । पेनाङ्गलाई सस्तैमा रोक्ने क्रममा सयैद अजिजले सर्वाधिक चार विकेट लिए भने पभनदिप सिंहले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । सागरले चार ओभरमा मात्र १९ रन खर्चिए भने विकेट लिन सफल भएनन् ।

१ सय १२ रनको लक्ष्य पक्षाएको क्वालालाम्पुरको जितमा ओपनिङमा आएका सागर पुनले ४२ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै आक्रमक ६६ रन बनाए । जसमा क्वालालाम्पुरले १६ दशमलब तीन ओभरमा एक विकेटको क्षतिमा जित हात पाऱ्यो ।

त्यस्तै नेपालका अर्का युवा विकेट किपर ब्याट्सम्यान आसिफ शेखले ब्याटिङ गर्न पाएनन् भने क्वालालाम्पुरको लागि किपिङ्ग गर्दै तीन क्याच लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest