नेदरल्याण्ड्स र लर्डसमा हुने खेलका लागि नेपाली टिम तयारीमा ब्यस्त

इङ्ल्याण्डको लर्डस र नेदरल्याण्ड्स विचको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले तयारी सुरु गरेको छ ।

एक साताको अन्तरमा दुईवटा प्रतियोगिता खेल्न लागेको नेपाली टिमको यो एकदिवसिय मान्यता पाएपछिको पहिलो बैदेशिक भ्रमण हुनेछ । जसका लागि २० खेलाडीको प्रारम्भिक टिम घोषणा गरिसकेको छ ।

जसमा सुवास खकुरेल, प्रदिप ऐरी र विनोद भण्डारीले कमब्याक गरेका छन भने हरी पहिलो पटक प्रशिक्षणमा परेका छन ।

केहि साताको अभ्यास पछि नेपाली टिम बेलायत प्रस्थान गर्नेछ । जसमा उसले जुलाई २९ तारिखमा एमसीसी र नेदरल्याण्डस् विरुद्ध टी–२० श्रृखंला खेल्नेछ । लर्डस मैदानमा हुने खेल अन्तर्गत नेदरल्याण्ड्स विचको खेललाई आइसीसीले अन्तराष्ट्रिय मान्यता दिएको छ ।

लर्डसमा खेलेको दुई दिनपछि नेपाली टिम नेदरल्याण्ड्स जानेछ । जहाँ उसले घरेलु टिमसँग अगष्ट १ र ३ मा दुईवटा एकदिवसिय खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest