जिम्बावे र अष्ट्रेलिया सम्मिलित टी-२० ट्राई सिरीजको उपाधि पाकिस्तानलाई

जिम्बावे र अष्ट्रेलिया सम्मिलित टी- ट्वान्टी ट्राई सिरिज क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउदै पाकिस्तानले सिरिज जितेको हो ।

जिम्बाबेको हरारे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३० ओभरमा ८ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु शर्टले ७३ रन बनाउँदा कप्तान आरोन फिन्चले ४७ रन जोडे । यस्तै टर्भिस हेडले १९ रनको योगदान गरे । पाकिस्तानका मोहमद अमीरले ३ तथा शादब खानले २ विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले दिएको १ सय ८४ रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा फखर जमानले ९१ रनको पारी खेले । त्यस्तै सोयब मल्लिकले अविजित ४३ रन बनाउँदा सरफराज अहमेदले २८ रन जोडे । अष्ट्रेलियाका ग्लेन म्याक्स्वेलले २ विकेट लिए ।

जितसंगै पाकिस्तानले आइसीसीको टी-ट्वान्टी वरियताको शीर्ष स्थान समेत यथावत राख्न सफल भएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest