इंग्ल्यान्डविरुद्धको तीन खेलको टी- ट्वान्टी क्रिकेट सिरिज भारतलाई

इंग्ल्यान्डविरुद्धको तीन खेलको टी- ट्वान्टी क्रिकेट सिरिज भारतले जितेको छ । गएराति भएको अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउदै भारतले उपाधि उचालेको हो ।

ब्रिस्टोलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १९८ रन जोडेको थियो । इंग्ल्यान्डको लागि जासन रोयले ६७ रनको अर्धशतकीय पारी खेल्दा जोस बट्लरले ३४ तथा एलेक्स हेल्सले ३० रन बनाए । भारतका हार्दिक पाण्डयले ४ विकेट लिदा सिद्दार्थ काउलले २ विकेट लिए ।

जवाफमा भारतले १८ ओभर ४ बलमा मात्र ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । योसंगै भारतले ३ खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पार्यो ।

भारतलाई जित दिलाउन रोहित शर्माले शतकीय पारी खेले । रोहितले अविजित १०० रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४३ तथा हार्दिक पाण्डयले अविजित ३३ रन जोडे । इंग्ल्यान्डका डेभिड विली, ज्याक बल र क्रिस जोर्डनले समान १–१ विकेट लिए ।

भारतले अब घरेलु टोलीसंग एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest