ग्लोबल टी-२० मा सन्दिपले अन्तिम खेलमा २ विकेट लिए

नेपाली क्रिकेटर सन्दिप लामिछानेको टिम मोन्ट्रल टाइगर्स क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिगबाट बाहिरीएको छ । तर सन्दिपले अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रेलले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो । उसका लागि जर्ज वोर्केरले ६२ तथा हेनरिकले ५० रन बनाए ।

जवाफमा टोरन्टोले २० ओभरमा नौ विकेट गुमाउदा रोमाञ्चक एक विकेटको जित निकाल्यो । उसको जितमा नितेश कुमराले ४६ तथा एन्टोन डेभिचले ४३ रन बनाए । यस्तै कायरन पोलार्डले पनि ३७ रनको योगदान गरे ।

बलिङ तर्फ सन्दिपले दुई विकेट हात पारे । उनले चार ओभरमा ३४ रन खर्चिदै दुई विकेट लिएका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest