विश्व टी-२० बरियतामा फिन्च र रासिदको कब्जा

अष्ट्रेलियाका कप्तान आरोन फिन्च टी–ट्वान्टी क्रिकेट बरियताको शिर्ष स्थानमा पुगेका छन ।

आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा टी–ट्वान्टी क्रिकेट अन्तर्गत ब्याटिङको बरियतामा फिन्चले शीर्ष स्थानमा पुगेका हुन । उनको ८९१ अंक छ । बरियताको दोस्रो स्थानमा पाकिस्तानका फखर जमान रहेका छन् । उनले ८४२ अंक पाएका छन् । यस्तै ८१२ अंकसहित भारतका लोकेश राहुल तेस्रो, ८०१ अंकसहित न्युजिल्यान्डका कोलिन मुन्रो चौथो र ७६५ अंकसहित पाकिस्तानका बाबर अजाम पाँचौ स्थानमा रहेका छन् ।

टी-ट्वान्टी क्रिकेटको बलिङतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा यथावत छन । उनको ८१३ अंक छ । पाकिस्तानकै शादब खान दोस्रो,न्युजिल्यान्डका इश सोधी तेस्रो,भारतका युजभेन्द्र चाहल चौथो र वेष्ट इण्डिजका साम्युएल बद्रि पाँचौ स्थानमा रहेका छन् ।

आइसीसीले निकालेको टी-ट्वान्टी क्रिकेटको अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्स्वेल शीर्ष स्थानमा छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest