डोपिङमा फेल पाकिस्तानी क्रिकेटर सहजाद

पाकिस्तानी क्रिकेटर अहमद सहजादले प्रतिबन्धित शक्तिवद्र्धक पद्धार्थ प्रयोग गरेको पुष्टि भएको छ । ओपनर ब्याट्सम्यानको रक्त नमुनाको परिक्षणमा डोपिङ् पोजिटिभ देखिएपछि उनी समस्यामा परेका छन् ।

फैसलाबादमा भएको पाकिस्तान कप एक दिवशीय क्रिकेट प्रतियोगितामा खेलाडीको रक्त नमूना परिक्षणका क्रममा शेहजादले डोपिङ गरेको भेटिएपनि पाकिस्तान एन्टि डोपिङ एजेन्सीले पूर्ण रुपमा प्रमाणित नभइकन नाम बाहिर नल्याउने जनाएको थियो ।

पाकिस्तान डोपिङ एजेन्सीको पूर्ण परीक्षण पछि यो समाचार पाकिस्तान क्रिकेट बोर्डले पुष्टि गरेको हो । शेहजाद चारलाई चार वर्ष सम्मको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ । शेहजादले खेल अघि लिइएको दुई रक्त नमुनामध्ये दोस्रो नमूना परीक्षणका लागि अुनरोध गर्न पाउनेछन् । जसका लागि उनले १४ दिनभित्र लिखित रुपमा अपिल गर्नु पर्नेछ ।

त्यस समयसम्मका लागि उनी अन्तरिम रुपमा प्रतिबन्धमा रहनेछन् । जसका कारणले गर्दा उनले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछैनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest