डिभिलियर्सले अझै केहि बर्ष आईपिएल खेल्ने

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका दक्षिण अफ्रिकी ब्याट्सम्यान एवी डिभिलियर्सले आइपिए केहि बर्ष खेल्ने भएका छन ।

गत मे महिनामा आश्चार्यजनक रुपमा क्रिकेटबाट सन्यास लिएका डिभिलियर्सले ओभरसिज प्रतियोगिता खेल्छन की खेल्दैछनन् भन्ने प्रश्न छोडेका थिए । यतिबेला आएर डिभिलिर्सिले इन्डियन प्रिमियर लिग केहि बर्ष खेल्ने बताएका छन ।

साथै उनले घरेलु प्रतियोगिता अन्तर्गत टाइटन्समा पनि केहि समय खेल्नेभएका छन । डिभिलियर्सले भने– म केहि बर्ष अझै आईपिएल खेल्नेछु र टाइटन्सबाट पनि प्रतिनिधित्व गर्नेछु ।

तर अहिलेसम्म कति समय खेल्ने भन्नेचाहि कुनै योजना भने छैन । म अहिले नै कति समयसम्म खेल्नु भन्ने अहिले नै भन्न सक्दिन भने ।

साथै उनले सन्यास लिने बेला आफुले ओभरसिज प्रतियोगिता नखेल्ने मनसाय भएपनि पछि आएर आफुले खेल्न सक्ने जस्तो लागेपछि पुर्नविचार गरेको बताए । आईपिएलमा डिभिलियर्सले रोयल च्यालेजर्स बैङलोरबाट खेल्दै आएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest