सन्दिपको जादु क्यानडामा कायमै, फेरी चट्काए ३ विकेट

क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिग क्रिकेटमा नेपाली युवा स्पिनरले आफ्नो बलिङको जादुलाई कायमै राखेका छन । आज भएको वेष्टइन्डिज बी टिम विरुद्ध सन्दिपले तीन विकेट लिन सफल भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज बी विरुद्ध बलिङ गर्ने क्रममा सन्दिपले चार ओभरमा ३१ रन खर्चिदै तीन विकेट हात पारे ।

उनले सामर स्प्रिङगेरलाई ६२ रनमा आउट गरे भने ब्रान्डन किङलाई २३ र निकोलस पुरनलाई २५ रनमा सिकार बनाए । अघिल्लो खेलमा दुई विकेट हात पारेका सन्दिपको बलिङमा एक पटक क्याच मिस भएको थियो ।

ग्लोबल क्रिकेट लिगको पुछारमा रहेको मोन्ट्रेलले दोस्रो चरण अन्तर्गत वेष्ट इन्डिज बी विरुद्ध खेलेको हो । सन्दिपले यो प्रतियोगितामा कुल विकेट सख्या ८ पुर्याएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest