भारतीय महिला क्रिकेट टिमका कोचले पदबाट राजीनामा

भारतीय महिला क्रिकेट टिमका कोचले पदबाट राजीनामा दिएका छन् । ५१ बर्षीय तुषार अरोठेले टिमका खेलाडीसँग मतभेद भएपछि पदबाट राजीनामा दिएको बताइएको छ ।

खेलाडीहरु अरोठेको प्रशिक्षणबारे असन्तुष्टि जनाउँदै आएका थिए । भारतीय क्रिकेटमा अहिले सम्म खेलाडीसँग मतभेद भएर कोचले राजीनामा दिएको यो दोस्रो पटक हो ।

यसअघि भारतीय पुरुष क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीसँग असहमति बढेपछि कोच अनिल कुम्बलेले राजीनामा दिएका थिए ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अनुसार महिला खेलाडीहरुले यसअघिनै कोचलाई हटाउन भनेकाले कोच अरोठेले राजीनामा दिएका हुन् ।

बीसीसीआईका कार्यबहाक सचिब अमिताभ चौधरी, महाप्रबन्धक सबा करीम र सीईओ राहुल जोहरी उपस्थीत भएको ब्रठकमा खेलाडी र छनौटकर्ताहरुले समेत उनको प्रशिक्षणबारे असन्तुष्टि जनाएका थिए ।

यसअघि भारतीय महिला टिमकी कप्तान मिताली राज र टी ट्वान्टीकी कप्तान हरमनप्रीत कौरले गत २७ जुनमा बीसीसीआईका सीईओसँग प्रशिक्षक अरोठेलाई हटाउन आग्रह गरेका थिए ।

अरोठेको नेतृत्वमा रहेका बेला गत बर्ष इङ्ल्याण्डमा भएको महिला विश्वकपमा भारतलाई फाइनलसम्म पु¥याएका थिए । बीसीसीआईले चाँडैनै भारतीय महिला टिमकालागि नयाँ प्रशिक्षक खोज्ने जनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest