खेलाडीको माग अनुसार प्रशिक्षक हटाउनु गलत निर्णय

भारतीय महिला क्रिकेट टिमका पूर्व प्रशिक्षक तुषार अरोठेले खेलाडीका कारण प्रशिक्षकलाई राजीनामा गर्न लगाउनु गलत नजिर बस्ने बताएका छन् । हालै टिमका खेलाडीसँग मतभेद भएपछि पदबाट राजीनामा दिएका अरोठेले यसले खेल र खेलाडीलाई राम्रो नगर्ने पनि बताए ।

भारतीय महिला मिलाई विश्वकपको फाइनल सम्म पुराउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षक अरोठेको सीनियर खेलाडी र टी ट्वान्टीकी कप्तान हरमनप्रीत कौरसँग विवाद बढेको थियो । खेलाडीहरुले बीसीसीआईसँग प्रशिक्षक हटाउन माग गरेपछि उनले पदबाट राजीनामा दिएका थिए । खेलाडीहरुले उनको प्रशिक्षण गतिलो नभएको बीसीसीआईलाई भनेका थिए ।

पदबाट राजीनामा दिएपछि पीटीआईलाई दिएको अन्र्तरवार्तामा अरोठेले भने‘ यदी विद्यार्थीले शिक्षक विना आफ्नो पाठ्यक्रम तय गर्न शुरु गरे के हुन्छ, यो राम्रो कुरा होइन, त्यसैगरी खेलाडीलाई मन परेन भन्दैमा प्रशिक्षक नै हटाउने कुरा पनि गलत नजिर हुन्छ ।’

उनले भने ‘खेलाडी प्रशिक्षक प्रति असन्तुष्ट हुँदैमा प्रशिक्षकनै हटाउने कुरा पछिल्लो समयमा चलिरहेको छ । यसभन्दा अगाडी पूर्णिमा रावलाई पनि यसैगरि हटाइएको थियो । यसबाट गलत को भन्ने कुरा बुझ्नुपर्ने बेला आएको पनि छ ।’
भोली फेरि नयाँ प्रशिक्षक आउलान, उनको शैली पनि खेलाडीले मन पारेनन् भने के गर्ने ?

महिला खेलाडीहरुले उनीमाथि प्रत्ययक दिन दुई सत्रमा अभ्यास गराएको भन्दै विरोध गरेका थिए । एशिया कप खेल्दा सम्म दुई सत्रको अभ्यासले केही समस्या गरेको थियो । जुन पछिल्लो विश्वकप देखिनै शुरु भएको थियो । तर उनले भने विहानमा अभ्यास गर्नेलाई दिउँसोमा विश्राम दिने गरेको थियो । किनकी म चाहन्थे भारतको महिला क्रिकेट टिम विश्वको नम्बर एक होस । त्यसैले कडा मेहनत गरेको थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest