क्यानडाबाट फर्किएदै गरेका सन्दिप भोलीबाट बन्द प्रशिक्षणमा बस्ने

क्यानडामा भएको ग्लोबल टि–२० प्रिमियर लिग क्रिकेटमा सहभागिता जनाएर नेपाली युवा स्पीनर सन्दिप लामिछाने आज नेपाल फर्किँदैछन् । करीव २० घण्टाको यात्रापछि सन्दिपले भोलीबाट मात्र औपचारीक रुपमा प्रशिक्षणमा भाग लिनेछन ।

विहान ८ः५० बजे जेट एयरवेजको विमानमा उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने सन्दिपका म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन् । नेपाल फर्किएपछि उनी आजै किर्तीपुर जानसक्ने सम्भावना पनि रहेको छ ।

प्रतियोगितामा कुल ८ विकेट लिएको सन्दिपको टिम मोन्ट्रेल टाइगर्स दोस्रो चरणमा पुग्न सकेन । ६ टिम सहभागि लिगमा मोन्ट्रेल पाँचौं भएको थियो ।

सन्दिपले वेष्ट इण्डिज बी, भ्यानकुवर नाइट्स, इड्मोन्टन रोयल्सविरुद्ध १–१ विकेट लिएका थिए भने टोरन्टो नेश्नल्सविरुद्ध २ तथा वेष्ट इण्डिज बी विरुद्धको दोस्रो खेलमा ३ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest