दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्टमा श्रीलंका २७८ रनले विजयी

श्रीलंका विरुद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका दोस्रो पारिमा ७३ रनमा समेटिएपछि २सय ७८ रनको पराजय ब्यहोरेको छ । श्रीलंकाका स्पिनर सामू अफ्रिकाका व्याट्सम्यान चल्न नसक्दा पहिलो टेस्टको तेस्रो दिननै खेल सकिएको हो । पहिलो पारीमा अफ्रिकाले १२६ रन बनाएको थियो ।

श्रीलंकाका अफ स्पिनर दिलरुवान परेराले दोस्रो पारिमा ३२ रन दिएर ६ विकेट लिएका थिए । यसैगरी अर्का स्पिनर रंगना हेराथले ३२ रन दिएर ३ विकेट लिएका थिए । श्रीलंकाले पाहुना टोली दक्षिण अफ्रिकालाई ३ सय ५२ रनको विजयी लक्ष्य दिएको थियो । तर घरेलु टाेलीले लगातार स्पिनर लगाएपछि अफ्रिकाको टिम धराशायी बन्न पुग्यो ।

दुई जना स्पिनरले लगातार २८ ओभर बलिङ गरेका थिए । दक्षिण अफ्रिकाले दुबै पारिमा गरेर १९९ रन बनाएको थियो । उसका ३ जना व्याट्सम्यानले मात्रै दोहोरो अंकको स्कोर गरे, भने सबैभन्दा ठूलो साझेदारी २२ रनको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest