धोनीको एक दिबशीय क्रिकेटमा १० हजार रन पुरा

भारतीय क्रिकेट टिमका पुर्व कप्तान महेन्द्रसिंह धोनीले एक दिबशीय क्रिकेटमा १० हजार रन पुरा गरेका छन् । १० हजार रन पुरा गर्ने उनी चौथो भारतीय खेलाडी पनि हुन् ।

इङ्ल्याण्ड विरुद्ध लर्डसमा भएको दोस्रो एकदिबशीय क्रिकेटमा ३७ रन जोडेका थिए । उनलाई ३३ रनको आवश्यकता थियो । यसैगरी धोनी १० हजार रन पुरा गर्ने विश्वको १२ औं खेलाडी बन्दा भारतको भने चौथो खेलाडी बने । १० हजार रन पुरा गर्न धोनीले ३२० म्याँचको २७३ पारी खेलेका छन् ।

उनको ५१.५७ औसतले १० हजार ४ रन पुुगेको छ । भारतका लाग सर्वाधिक रन बनाउने सचिन तेन्दुलकरको १८ हजार ४ सय २६, सौरव गांगुलीको ११ हजार ३ सय ६३ तथा राहुल द्रविडको १० हजार ८ सय ८९ रन छ । यस्तै धोनी १० हजार रन बनाउने दोस्रो विकेट किपर पनि बनेका छन् । यसअघि श्रीलंकाका कुमार संगाकाराले १० हजार रन पुरा गरेका थिए ।

धोनीले १० हजार रन पुरा गरेको खेलमा इङ्ल्याण्ड विजयी भएको छ । यस्तै विकेटका पछाडि ३ सय क्याच लिने पहिलो भारतीय विकेट किपर पनि धोनी बनेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest