युएईका कप्तान रोहनले इपिएलमा काठमाडौबाट खेल्ने

युएईका कप्तान रोहन मुस्तफालाई एभेरेष्ट प्रिमियर लिगमा सहभागि टिम काठमाडौ ११ ले अनुबन्ध गरेको छ । यस प्रतियोगिताका लागि काठमाडौले दोस्रो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।

यसअघि आयरल्याण्डका केविन ओब्राइनलाई अनुबन्ध गरेको काठमाडौले युएईका कप्तान रोहनलाई भित्र्याएको हो । युएईका लागि ५० खेल खेलिसकेका रोहनले यसअघि धनगढी प्रिमियर लिगमा पनि टिम चौराहाबाट खेलेका थिए ।

जसमा उनी म्यान अफ द सिरीज चुनिएका थिए । पछिल्लो एक दशक देखि युएई टिममा रहेका रोहनलाई कति रकममा अनबुन्ध गरेको भन्ने बारे भने खुलाइएको छैन ।

अलराउण्डर रोहनले नेपालमा फेरी पनि खेल्न पाउँदा निकै खुसी लागेको बताए । बायाँहाते ब्याट्सम्यान रोहन दायाँ हाते स्पिनर पनि हुन । काठमाडौका सिओओ राजजंग थापाले रोहनलाई भित्र्याएको बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest