बल टेम्परिङका कारण श्रीलंकाका कप्तान र प्रशिक्षकलाई ८ खेलको प्रतिबन्ध

बल टेम्परिङ प्रकरणमा मुछिएका श्रीलंकाका कप्तान दिनेश चाण्डीमल, प्रशिक्षक चन्दिका हाथुरुसिंघे र टिम व्यवस्थापक असंका गुरुसिंघलाई ८ खेलको प्रतिबन्ध लगाइएको छ ।

यी तीनै जनाले दक्षिण अफ्रिका विरुद्धको चार वानडे तथा २ टेस्ट क्रिकेटमा उपस्थिति जनाउन पाउने छैनन् । वेस्टइण्डिज भ्रमणका बेला बल टेम्परिङ गरेको अभियोगमा उनीहरुलाई निलम्बन गरिएको हो ।
उनीहरुले खेल भावना विपरित कार्य गरेको भन्दै स्वतन्त्र न्यायिक समितिका माइकल बोलेफले निलम्बन भएको बताए ।

आईसीसीका कार्यकारी अधिकृत डेविड रिचर्डसनले आईसीसीको आचार संहिताको धारा २ उपधारा ३ एकको उल्लंघन गरेकाले ८ खेलमा प्रतिबन्ध लगाइएको जानकारी दिए । जस अनुसार २ टेस्ट, ४ एकदिवशिय तथा २ टी ट्वान्टी रहेका छन् ।

गत महिना वेस्टइन्डीज भ्रमणका बेला श्रीलंकाली कप्तान चण्डीमल माथि बल टेम्परिङ गरेको आरोप लागेको थियो । जसको विरोधमा श्रीलंका उक्त टेस्टमा २ घन्टा ढिला मैदानमा आएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest