युरोप भ्रमणका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

अन्तराष्ट्रिय एकदिवशीय मान्यता पाएपछिको पहिलो विदेश भ्रमणका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

बेलायतमा हुने एमसीसी र नेदरल्याण्ड्स विरुद्धको खेल तथा नेदरल्याण्ड्समा हुने घरेलु टिम विरुद्धको एकदिवशीय खेलका लागि पारस खड्काको नेतृत्वमा नेपाली टिमको घोषणा गरिएको हो ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान खड्का र आईसीसी प्रतिनिधि अनिमुल इस्लामले छनौट गरेको टिमको उप कप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् । यसैगरी लामो समय पछि कम ब्याक गर्न लागेका शुवास खकुरेल पनि अन्तिम १५ मा परेका छन् । प्रारम्भीक टोलीमा परेका प्रदीप ऐरी र विनोद भण्डारी भने अतिरिक्त खेलाडीको सूचीमा पर्दा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने हरि क्षेत्री भने टिममा अटाएका छैनन् ।

विहीबार इङ्ल्याण्ड जाने नेपाली टिममा अनिल कुमार साह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, करन केसी, ललित भण्डारी, ललितनारायण राजबंशी, आरिफ शेख, रोहित कुमार पौडेल रहेका छन् । त्यसैगरी सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामीसुवास खकुरेल गरी १५ जना टिममा परेका छन् ।

यसैगरी अतरिक्त खेलाडाीमा विनोद भण्डारी, सुनिल धमला सुशन भारी र प्रदिप ऐरी रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest