भारत विरुद्दको ३ खेलको श्रृङ्खला इङल्यान्डले जित्यो

इङल्यान्डले भारत विरुद्धको तेस्रो तथा अन्तिम वानडे खेलमा इङल्यान्ड ८ विकेटले जीत हात पारेको छ । यो संगै इङल्यान्डले तीन खेलको रिसिज दुइ एकले जित्यो ।

हेडिङले स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै दुइ सय ५६ रन बनाएको थियो । उसका लागि विराट कोहलीले सवैभन्दा धेरै ७१, शिखर भवनले ४४ र महेन्द्र सिंह धोनीले ४२ रन बनाएका थिए । भुवनेश्वर कुमार र शार्दुल ठाकुरले आठौ विकेटका लागि ३५ रनको साझोदारी गर्दै भातलाइ सम्माजनक स्कोर तर्फ डो¥याएका थिए ।

भुवनेश्वरले २१ रन बनाउदा शार्दुल २२ रनमा अविजीत रहे । हार्दिक पान्डेयले पनि २१ रन बनाएका थिए । ओपनर रोहित शर्मा भने मात्र दुइ रनमा पवेलियन फर्किएका थिए । वलिङ तर्फ डेविड विल्ली र आदिल रासिदले तीन तीन विकेट लिए । जवाफमा दुइ सय ५७ रनको लक्ष्य घरेलु टोली इङल्यान्डले ४४ ओभर तनी वलमा मत्र दुइ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसका लागि जो रुटले शतकिय पारी खेले ।

रुटले एक सय २० वलमा अविजीत एक सय रन बनाएपछि इङल्यान्डसले सहज जीत हात पारेको हो । उनले दश चौका हिर्काएका थिए । कप्तान इयोन मोर्गान पनि ८८ रन बनाउदै अन्तिम समय सम्म क्रजमा रहे । भारतका शार्दुलले एक विकेट लिए । दोस्रो वानडेमा पनि शतक बनाएक जो रुट म्याान अफ द सिरजि घोषित भए । यसअघि पहिलो वानडे भारतले आठ विकेटले जितेको थियो भने दोसे इङल्यान्डले ८६ रनले जितेको थियो । भारतले लगातार दशौ द्धिपिक्षिय सिरिज जित्ने अवसर गुममएको छ । उसले सन २०१६ मा अस्ट्रेलिया संग चार एकले हारेयता लगातार नौ खेलमा जीत हात पार्दै रेकर्ड बनाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest