नेपाली क्रिकेटर शक्तिले लिए सन्यास, नेदरल्याण्डस विरुद्दको खेल अन्तिम हुँने

नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस् विरुद्ध हुने पहिलो एकदिवसिय श्रृखंला करियरको अन्तिम खेल हुने बताए ।

लर्डसमा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृखंला र नेदरल्याण्डस् विरुद्धको एकदिवसिय सिरीजका लागि आयोजना भएको विदाई कार्यक्रममा बोल्दै शक्तिले नेपालले खेल्ने पहिलो एकदिवसिय सिरीज करियरको अन्तिम श्रृखंला हुने बताए ।
१७ बर्षे क्रिकेट करियरमा शक्ति एउटा शसक्त खेलाडीका रुपमा रहदै आएका थिए । शक्तिको विदाईलाई भब्य बनाउन घरेलु मैदानमा विशेष खेलको आयोजना गरिनेछ ।

सन् २००२ देखि अन्तराष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा सतक पनि प्रहार गरेका छन । विश्वकप छनोटमा इटली विरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।

सन् २००१ मा यू–१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एशिया कपबाट सुरुवात गरेका थिए । सन् २००२ मा उनले न्युजिल्याण्डमा अन्डर नाइन्टिन विश्वकप खेलेका थिए । सोहि सिंगापुरमा भएको एसीसी ट्रफिमा उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

नेपाल डिभिजन ५ देखि टी–२० विश्वकप खेल्दा र एकदिवसिय मान्यता पाउदासम्मका सारथी शक्तिले राष्ट्रिय टिमका लागि सबै प्रेरणादायी प्रदर्शन गर्दै आएका थिए । कोलकातामा बुवासँग बस्दा क्रिकेट सिकेका शक्तिको क्रिकेट करियरमा कहिलेपनि ओरालो लागेन ।

बढ्दो उमेर र फिटनेसका कारण शक्तिले क्रिकेट करियरलाई वाईवाई भनेका छन । तर पनि उनी क्रिकेटमा सधै रहिरहने प्रणपनि गरेका छन । त्यसका लागि उनि आफ्नो अन्तिम खेललाई सुखद बनाउन कुनै कसरबाँकी नराख्ने पनि बताए ।
विदाईको घोषणा गर्दा केहि भावुक भएका शक्तिले आफ्नो अन्तिम खेल होम मैदानमा खेल्नपाउने भने भएका छन । नेपालमा आयोजना हुने टी–२० प्रतियोगिता उनको करियरको अन्तिम खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest