‘शक्ति द पावर’ का बारेमा केहि रोचक तथ्य यस्ता छन

उमेरले ३८ कटेका शक्ति गौचनले आफ्नो क्रिकेट करियरलाई विदाई लिने मनसायमा पुगिसकेका छन । जसका लागि उनले औपचारिक रुपमा घोषणा पनि गरे । नेपाली क्रिकेटलाई १७ बर्षसम्म सेवा गरेका सोझो र पारिवारीक अनि क्रिकेट भनेपछि मरिहत्ते गर्ने शक्तिले यो लामो समयमा धेरै किर्तिमान बनाए ।

नेपाली सफल बलरको सुचिमा पर्ने शक्तिका बारेमा केहि रोचक तथ्य

सन् २००२ मा एसीसी ट्रफि अन्तर्गत ओमान विरुद्धको खेलबाट डेब्यु

लिष्ट ए मा एक हजार रन पुरा गर्ने खेलाडी

अन्तराष्ट्रिय क्रिकेटमा सतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी, इटाली विरुद्ध २००५ मा १०६ रन

बसन्त रेग्मी र महबुब आलमपछि सर्वाधिक विकेट लिने तेस्रो खेलाडी

राष्ट्रिय टिमबाट खेलेको पहिलो प्रतियोगितामा नै ७ विकेट र २४८ रन बनाउन सफल, जसमा दुई हाफ सेन्चुरी ( २००२ को एसीसी ट्रफिमा )

सन् २०१० को एशियन गेम्स र २०११ को एसीसी टी–२० कपमा टिमबाट ड्रप, जसलाई उनी ब्ल्याक डे मान्छन

२०१२ को टी–२० विश्वकप छनोटमा कमब्याक, सो प्रतियोगितामा १६ विकेट लिन सफल, जुन उक्त प्रतियोगितामा धेरै विकेट लिने दोस्रो खेलाडी

शक्तिले सो प्रतियोगितामा डेनमार्क विरुद्ध ह्याट्रिक

२०१२ को विश्वकप छनोटपछि शक्तिलाई आइपिएल टिम राजस्थान रोयल्समा ट्रायलका लागि निम्तो

२०१२ विश्व क्रिकेट लिग डिभिजन ४ मा मलेसिया विरुद्ध सर्वाधिक कम इकोनोमीका साथ बलिङ गर्ने पहिलो नेपाली र विश्वमा दोस्रो खेलाडी (१०–८–२–३ )

सो प्रतियोगितामा कुल १० विकेट लिन सफल

२०१२ को एसीसी ट्रफि इलिटमा १५ विकेट लिन सफल

२०१४ मा बंगलादेमा भएको टी–२० विश्वकपमा कुल ५ विकेट, हङकङ विरुद्ध शसक्त ३ विकेट

२०१४ को एशियन गेम्समा ५ विकेट मात्र ३ दशमलव ५४ को इकोनोमीमा

२०१४ को विश्वकप क्रिकेट लिग डिभिजन ३ मा १० विकेट

२०१५ मा भएको डिभिजन २ मा ७ विकेट

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest