आइपिएलमा सन्दिपका टिम मेट्स रिशवले भारतका लागि टेष्टमा डेब्यु गर्ने

इन्डियन प्रिमियर लिग आइपिएलमा धमकेदार प्रदर्शन गरेका रिशव पन्तलाई इङ्ल्याण्ड टेष्ट सिरीजका लागि टिममा राखिएको छ । उनले इङ्ल्याण्ड विरुद्धको खेलबाट टेष्ट क्रिकेटमा डेब्यु गर्ने भएका छन ।

भारतीयर क्रिकेट कन्ट्रोल बोर्डले सार्वजनिक गरेको १८ खेलाडीको सुचिमा पन्तसहित बायाँहाते स्पिनर कुलदीप यादवलाई पनि स्थान दिइएको छ । तर अनुभवी खेलाडी रोहित शर्मालाई भने ड्रप गरिएको छ । यस्तै कुरुन नायर र मोहम्मद सामीलाई पनि टिममा राखिएको छ ।

तीन एकदिवसिय श्रृखंला दुई एकले गुमाएको भारतले इङ्ल्याण्डमा तीन टेष्ट खेल्नछ ।

भारतीय टिम यस्तो छ ।

विराट कोहली कप्तान
शिखर धवन
केएल राहुल
मुरली विजय
चेतेश्वर पुजारा
अजिन्क्या राहाणे
करुन नायर
दिनेश कार्तीक
रिशव पन्त
रविचन्द्रन आश्विन
रविन्द्र जडेजा
कुलदिप यादव
हार्दिक पाण्डे
इसान्त शर्मा
मोहम्मद सामी
उमेश यादव

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest