पारस बने सेन्चुरी बैँकको एक बर्षको ब्रान्ड एम्बास्डर

सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का एक बर्षका लागि ब्राण्ड एम्बेसडर बनाएको छ । 

काठमाडौंमा आज आयोजित कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेपनि रकमको बिषयमा खुलाइएन । बैंकका डेपुटी सीईयो जिवन भट्टराईले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले सेन्चुरीले नेपाली खेल क्षेत्रका दुई चर्चित खेलाडीलाई ब्राण्ड एम्बासडर बनाएको बताए ।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले खेललाई व्यवस्थित बनाउन कर्पोरेट क्षेत्रले खेलकुदमा लगानी गर्नुपर्ने धारणा राखे ।

भलिवलकी मालीले ब्राण्ड एम्बासडरको रुपमा आफुलाई नियुक्त गरेकोमा धन्यवाद दिदै यसले आउदो पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । खेल क्षेत्रसंग सम्बन्ध जोड्दै आफ्नो सेवाको विकास र विस्तार गर्न नेपाली खेलकुदका दुई चर्चित खेलाडीलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको बैंकले जनाएको छ । खेलाडीको नियुक्तले बैंकको लोकप्रियता तथा व्यवसायीकता अभिवृद्धि हुने बैंकले जनाएको छ । 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest