लर्डसमा खेल्नुअघि नेपालले ४ अभ्यास खेल खेल्ने

लर्डसमा हुने त्रिकोणात्मक श्रृखंला अगाडी नेपाली क्रिकेट टिमले लण्डनमा चार अभ्यास खेल खेल्ने भएको छ ।

जुलाई २९ मा एमसीसी र नेदरल्याण्ड्स विरुद्धको त्रिकोणात्मक सिरीज अगाडी नेपाली क्रिकेट टिमले लण्डनको चार क्लवसँग अभ्यास खेल खेल्ने भएको हो । जसमा पहिलो अभ्यास खेल जुलाई २१ मा होग विरुद्ध ५० ओभरको खेल्नेछ ।

यस्तै २२ तारिखमा टिमले प्रशिक्षण गर्नेछ भने २३ तारिखमा सेन्ट क्रससँग टी–२० म्याच खेल्नेछ । यस्तै नेपालले तेस्रो अभ्यास खेल २५ तारिखमा इष्ट लण्डन ११ विरुद्ध खेल्नेछ । जुन ५० ओभरको हुनेछ ।

बेलायत बसाईमा नेपाली क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा जुलाई २६ मा इष्ट लण्डन साक्र्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपाली टिमले २९ तारिखमा लर्डसमा खेल्नेछ ।

लण्डनमा खेलिसकेपछि नेपाली टिम नेदरल्याण्ड्स प्रस्थान गर्नेछ जसमा उसले दुई एकदिवसिय खेल खेल्नेछ । यो अभ्यास खेल दुबै सिरीजका लागि अभ्यासका रुपमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest