भारत विरुद्द अनौठो शैलीमा खुसि मनाएका रुटलाई किन भयो पश्चाताप

भारत विरुद्धको तीन खेलको एकदिवसिय श्रृखंला जित्ने क्रममा तेस्रो खेलमा सतक प्रहार गरेका जोय रुटले आफ्नो सेलिब्रेसन अहिलेसम्म कै खराव रहेको बताएका छन । उनले सो खेलमा सतक प्रहार गरेपछि खुसी मनाउने क्रममा ब्याटलाई माइकड्रप तरिकाले छोडेका थिए ।

सिरिज जितेपछि पनि उनको सो सेलिब्रेसनलाई विभिन्न सञ्चारमाध्यमहरुले नकारात्मक रुपमा लिएपछि उनले एकपत्रकार सम्मेलनमा उक्त किसिमले खुसी मनाएकोमा पश्चाताप भएको बताए । उनले सो खेलमा भारतलाई जिल्याउनका लागि गायकले माइक फालेको तरिकाले ब्याट फालेका थिए । जुन उनि आफैले पनि क्रिकेट मैदानमा अहिलेसम्म गरेको खराव काम भएको स्विकार गरेका छन । उनले त्यो घटनालाई कार दुर्घटनासंग तुलनापनि गरेका छन ।

उनले आफुले ब्याट सो किसिमले फालेको खेलपछि मात्र थाहा पाए र सो बेला नै पश्चाताप लागेको बताए । करियरको १३ औं एकदिवसिय सतक प्रहार गरेका रुटको प्रदर्शनका कारण इङल्याण्डले भारत विरुद्धको तेस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest