नेपाली क्रिकेट टिम लण्डन पुग्यो, विमानस्थलमा फ्यानले गरे स्वागत

लर्ड्समा जुलाई २९ तारिख आइतबार हुने त्रिकोणात्मक टी–२० खेल्न लण्डन पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राम्रो स्वागत गरिएको छ ।

लण्डनको लर्ड्समा नेपाली राष्ट्रिय क्रिकेट टिमले सो दिन नेदरल्याण्ड्स र इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)स“ग त्रिकोणात्मक टी– २० खेल्ने छन्।

नेपाली क्रिकेट टिमका कप्तान खड्को नेतृत्वमा १५ सदस्यीय टोलीका खेलाडीमध्ये शरद भेषवाकर अमेरिकाबाट बिहीबार दिउंसो नै लण्डन पुगेका थिए

लण्डनको हिथ्रो बिमानस्थलमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बेलायतस्थित नेपाली राजदूतावासका सेकेण्ड सेक्रेटरी लब सुबेदी, एनआरएन यूके महासचिव आरके त्रिपाठी तथा नेपाली क्रिकेटका फ्यान तथा नेपाल नर्सिङ एसोसिएसन युकेका उपाध्यक्ष विनोदविकास सिंखडा, नेपाली क्रिकेटका फ्यान गुमान थापा र ह्यामसायर क्रिकेट क्लबका प्रतिनिधिहरुले स्वागत गरेका थिए।

नेपाली क्रिकेट टोली जुलाई २४ तारिख सा“झमा नेपाली राजदूताबास लण्डनले खेलाडीको स्वागतको लागि आयोजना गरेको रिसेप्सनमा सहभागी हुनेछ।

नेपालले जुलाई २९ तारिखको त्रिकोणात्मक टी २० को तयारीको लागि बेलायतका विभिन्न स्थानिय क्रिकेट कल्बहरुस“ग ४ वटा अभ्यास खेल्ने खेल्ने कार्यक्रम छ।

नेपालले जुलाई २१ शनिबार ह्यामसायर हग्ससँग ५० ओभरको म्याच, जुलाई २३ मा सेन्ट क्रससँग टी २० को म्याच, २५ जुलाईमा इष्ट लण्डनसँग ५० ओभरको म्याच र जुलाई २६ मा इष्ट लण्डन सार्कसँग टी २० को म्याच खेल्दै छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest