पाकिस्तानी ओपनरको एकदिवसिय क्रिकेट नयाँ रेकर्ड

जिम्बावे विरुद्धको खेलमा पाकिस्तान ओपनर इमाम उल हक र फकर जमानले एकदिवसिय क्रिकेटमा नयाँ किर्तीमान बनाएका छन ।

जिम्बावेमा जारी एकदिवसिय सिरीजमा चौथो एकदिवसिय खेल अन्तर्गत घरेलु टिम विरुद्ध हक र जमानले अहिलेसम्मकै उच्च एकदिवसिय पार्टनरसिप गरेका छन ।

यसअघि उपल थरंगा र सनथ जयशुर्याको नाममा रहेको दुई सय ८६ रनको रेकर्ड तोडेका छन । यसअघि पाकिस्तानी खेलाडीले एकदिवसिय क्रिकेटमा ओपनरले गरेको उच्च पार्टनरसिप २२८ रनको थियो ।

जुन जिम्बावे विरुद्ध नै २०११ सालमा थियो । ओपनर द्वय जमान र हक ले उत्कृष्ट ब्याटिङ गर्दै तेहेरो सतकको साझेदारी गरेका छन । उनीहरुले पहिलो विकेटका लागि ३०४ रनको साझेदारी गरे । जसमा इमाम एक सय ११३ रनमा आउट भएपछि यो साझेदारी तोडिएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest