रौतहट प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोजमा

रौतहट प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोजमा आयोजना हुने भएको छ । ललितपुरको ओमेगा स्कूलले आयोजना गर्ने प्रिमियर लिग असोज १ गते देखि १० गते सम्म गरुडामा सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रिमियर लिगमा राष्ट्रिय खेलाडी देखि स्थानीय स्तरमा रहेका खेलाडीकाे सहभागिता हुने छ ।

प्रतियोगितामा सहभागि हुने १२ टिमलाई ४ समूहमा विभाजन गरिने छ । प्रत्ययक समूहमा रहेका ३ वटा टिम मध्यबाट २ वटा टिम क्वार्टरफाइनलमा प्रबेश गर्ने र त्यसपछि नकआउट चरण शुरुहुने पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अंकित प्रतपा साहले बताए ।

बिजेताले ३ लाख ५० हजार तथा उप विजेताले १ लाख ५० हजार रुपैयाँ पाउने प्रतियोगिताका निर्देशक बिनोद महर्जनले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest