पारसको सतकको मद्दतले नेपालले हैम्पसायलाई ३६३ रनको चुनौती

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले १६१ रनको पारी खेलेपछि यूरोप भ्रमणको पहिलो अभ्यास खेलमा हैम्पसायर होग्सलाई नेपालले ३६३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३६२ रन बनाएको थियो ।

कप्तान खड्काले १०६ बल खेल्दै १९ चौका र ७ छक्काको मद्दतले १६१ रन बनाएका थिए । रोहित पौडेलले ४४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३७ रन जेडेका थिए ।

करण केसीले १८, सन्दीप लामिछाने १६ र शरद भेषावकरले १४ रन बनाउँदा सुवास खकुरेल ११ तथा ज्ञानेन्द्र मल्ल ५ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest